बर्दियामा निषेधाज्ञा थप

५ बर्ष अगाडि

कोरोना संक्रमण उच्च बढेपछि बर्दियामा निषेधाज्ञा थप गरीएको छ  । बैशाख १३ गतेदेखि बैशाख २० गते सम्म निषेधाज्ञा जारी गरेको डीसीसीएसीले निषेधाज्ञा  बैशाख ३१ गतेसम्म थप गरेको हो । 

संक्रमणलाई मध्यनजर गर्दै  विना कारण घर बाहिर ननिस्कन, घर बाहिर निस्कनै परे माक्स लगाएर मात्र निस्कन सर्वसाधारणलाई प्रशासनिक अधिकृत एवं सूचना अधिकारी नारायणप्रसाद ढकालले अनुरोध गरेका छन् ।

बर्दियामा शुक्रबारसम्म जम्मा संक्रमित संख्या ५ सय ९२ जना रहेको र सो मध्य गुलरिया नगरपालिकामा १ सय १८ , मधुवन नगरपालिकामा ६२, बासगढी नगरपालिकामा ६५, राजापुर नगरपालिकामा ६५ , बारबर्दिया नगरपालिकामा १ सय १४ , ठाकुरबाबा नगरपालिकामा ७१, बढैया गाउँपालिकामा ६७ र गेरुवा गाउँपालिकामा ३० कोरोना संक्रमित रहेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया