कोभिड संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्र राख्न पाउने भएका छन् । बैठकले सार्वजनिक निर्माणका सबै काम बन्द गर्न पनि सिफारिस गरेको छ ।
बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाकामात्र खुलाउन र बाँकी २२ वटा नाकालाई पूर्णरुपमा बन्द गर्न सिफारिस गरेको हो ।
प्रतिक्रिया