झापामा कोरोनाका कारण १३४को मृत्यु, निषेधाज्ञा जारी

५ बर्ष अगाडि

झापामा शनिबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमित बढेपछि  प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले १९ गते मध्य रातदेखि लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । 

कोरोनाको दोश्रो लहर शुरु भए यता झापामा ३३८ जना सक्रिय संक्रमित संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए । शुक्रवारसम्ममा कोभिडका कारण झापामा १३४ जनाले ज्यान गुमाइसकेका छन । 


निषेधाज्ञा अवधिभर जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा निजी सवारी संचालन गर्न पाइनेछ भने औषधि तथा स्वास्थ्य सामाग्री बाहेकका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया