काठमाडौं, कोरोना संक्रमण बढ्दै गएपछि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने भएको छ । पाल्पामा आज १७ गते राति १२ बजेदेखि र गुल्मीमा १८ गते राति निषेधाज्ञा गर्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
पाल्पा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो ।
त्यसैगरी संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि गुल्मीमा पनि लकडाउन घोषणा गरिएको छ ।
प्रतिक्रिया