सिइडिबी हाइड्रोपावरको आईपिओमा पहिलो दिनै २ गुणा बढी आवेदन

५ बर्ष अगाडि

काठमाडौं- सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपिओमा पहिलो दिन नै २ गुणा बढीको आवेदन परेको छ ।  

शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९ सय २१ कित्ताको लागि आवेदन परेको हो । जुन माग भन्दा २.७८ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता  आइपीओ निष्काशन गरेको छ । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले  कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया