चोर पक्राउ गर्नका लागी घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा

७ बर्ष अगाडि

 

काठमाडौं– सुनचाँदी पसल चोरेर भागेको चोर पक्राउ गर्नका लागी घुस माग्ने ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका इन्सपेक्टर शुसोभन श्रेष्ठ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा १५ हजार बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार  जरिवाना र कैद सजया मागदावी लिँदै भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

चोर समात्न घुस मागेको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्सपेक्टर श्रेष्ठ र जवान लामिछानेलाई १५ हजार घुस रकम सहित पक्राउ गरेको थियो ।

अख्तियारको अनुसन्धानबाट इन्सपेक्टर श्रेष्ठले घुस बापतको रकम जवान तिलक लामिछानेलाई लिन लगाएको खुलेको छ । प्रहरी जवान तिलक लामीछाने यथार्थ विवरण खुलाएर अनुसन्धानमा सहयोग गरेको भन्दै आयोगले उनलाई साक्षीको रुपमा मात्र प्रस्तुत गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया