काठमाडौं- अब एकैदिनमा अनलाइनबाट डिम्याट खाता खोल्न सकिने भएको छ ।
नासा सेक्यूरिटीजले अनलाइनमार्फत एकै दिनमा डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ।
लगानीकर्ताले नासा सक्यूरिटीजको वेबसाइट http://www.naasasecurities.com.np/ मा गइ डिम्याट खाता खोल्न अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आवेदन दिएकै दिन एकाउण्ट नम्बर पाउन कम्पनीले बताएको छ।
डिम्याट खाता खोल्नका लागि नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ। नाबालकको हकमा भने जन्मदर्ता र अभिभावकको नागरिकता आवश्यक पर्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया