एनआइबीएल समृद्धि फण्ड–२ को इकाईमा माग भन्दा ११२.३० प्रतिशत बढी  आवेदन

५ बर्ष अगाडि

काठमाडौं-एनआइबीएल एस क्यापिटलले बिक्री गरेको एनआइबीएल समृद्धि फण्ड–२ को इकाईमा तेस्रो दिनमा नै माग भन्दा ११२.३० प्रतिशत भन्दा धेरै आवेदन परेको छ । 

यसमा  १ अर्ब ३४ करोड ७५ लाख ७२ हजार २ सय रुपैयाँको ५६ हजार १०२ जना आवेदकले १३ करोड ४७ लाख ५७ हजार २२० इकाईमा आवेदन दिएका छन् । 
 
एनआइबीएल एस क्यापिटलले वैशाख १३ गतेदेखि ‘एनआइबीएल समृद्धि फन्ड–२’ को १२ करोड इकाई निष्कासन गरेको छ । कुल इकाईमध्ये १० लाख इकाई बीज पुँजी वापत कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याइएको थियो । बाँकी ९ करोड ६० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
 
यस फन्डको योजना व्यवस्थापक एन्आइबीएल एस क्यापिटल हो । एनआइबीएल एसलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘फन्ड म्यानेजमेन्ट क्वालिटि रेटिङ ९एफएमक्वीआर० एएमसी ३ प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ फन्ड व्यवस्थापकहरुको समग्र क्षेत्रमै उच्च हो । एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड हो ।
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया