निषेधाज्ञा उलंघन गर्ने ८ जना पक्राउ , ३ जना जेल चलान

५ बर्ष अगाडि

रुपन्देही प्रहरीले निषेधाज्ञा उलंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएकामध्ये रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । 

उनीहरुले ९ हजार जरिवाना रकम तिर्न नसक्दा कारागार पठाएको प्रहरीले जनाएको छ । थापाले नियन्त्रणमा लिइएका अन्य भने जरिवाना वापतको रकम तिरेर  छुटेको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया