घरेलु मैदानमा बार्सिलोनाको हार

४ बर्ष अगाडि

 बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा ग्रानाडासँग भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो ।

खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पासमा बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि पनि बार्सिलोनाले गोलका थुप्रै अवसरहरू गुमाएको थियो । दोस्रो हाफमा डार्विन माचिसले बराबरी गोल फर्काए । त्यसपछि जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए ।

बिहीबारको खेलमा जीत हासिल गरेको भए बार्सिलोनाले शीर्ष स्थानमा एक अंकको अग्रता बनाउने थियो । तर, हारपछि बार्सिलोना शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि र रियल म्याड्रिडसँग अंक बराबार गर्दै तेस्रो स्थानमा सिमित बनेको छ ।


अब मे ८ मा हुने बार्सिलोना र एथ्लेटिको म्याड्रिडबीचको खेल ला लिगाको उपाधि दौडमा महत्त्वपूर्ण हुने देखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया