काठमाडौं,-सारथी नेपाल लघुवित्तले आज बाट संस्थापक समूहको ४ हजार १५८.५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँमा यो सेयर बिक्री गरेको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि कम्पनीका संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् । यसमा वैशाख २४ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया