इन्डियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्सले जित हासिल गरेको छ । बिहीबार भएको दोस्रो खेलमा दिल्लीले कोलकाता नाइट राइडर्स लाई ७ विकेटले पराजित गरेको छ । जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने कोलकाता पाँचौं नम्बरमा छ ।
अहमदावादमा भएको खेलमा दिल्लीका पृथ्वी शाले जारी सिजनमा ‘फास्ट फिप्टी’ को कीर्तिमान बनाए । उनले १८ बलमा अर्धशतक बनाउँदै जारी सिजनमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । यस्तै दिल्लीका अर्का ब्याट्सम्यान शिखर धवनले आइपिएलमा ५ हजार ५ सय रन पूरा गरेका छन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा पुगेका हुन् ।
टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताले दिल्लीलाई १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले तीन विकेटको क्षतिमा २१ बल बाँकी छँदै जित हासिल गरेको हो । पृथ्वी शाले ४१ बलमा ८२ रन बनाउँदा शिखर धवनले ४६ रन बनाए ।
यस्तै आईपिएल अन्तरर्गत आज हुने खेलमा पञ्जाब किंग्स र रोयल चैलेंजर्स बैंगलोर भिड्दै छन् । खेल नेपाली समय अनुसार साझ ७ः४५ बजे बाट सुरु हुनेछ ।
प्रतिक्रिया