काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको दोस्रो दिन आज त्रिभुवन विमानस्थलबाट ७७ उडान हुने भएको छ ।
आज नेपाल एयरलाइन्सले ४, बुद्धले ३५, यतिले २०, ताराले ४, श्रीले १२ र सम्मिटले २ उडान गर्ने भएको हो । यसअघि निषेधाज्ञा जारी भएको पहिलो दिन आन्तरिक हवाइमार्ग प्रयोग गरेर ५४ सय यात्रु बाहिरिएका थिए ।
बिहीबार एकै दिन १०४ आन्तरिक उडान भएको विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीबार साँझसम्म हवाइमार्गबाट ५ हजार ४५३ ले काठमाडौं छाडेका थिए भने २ हजार ८१६ यात्रु काठमाडौं ओर्लिएका थिए ।
प्रतिक्रिया