एजेन्सी - इजरायलमा पर्व मनाउने क्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको छ । हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका दसौं हजार मानिसहरूबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा यहुदी पर्व मनाउन दसौं हजार मानिस भेला भएका थिए । भागदौडमा परी सयौँ मानिसहरू घाइते भएको बताइएको छ ।
आपतकालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन् । तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन् ।
प्रतिक्रिया