काठमाडौं - दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा हिजो विहिबारबाट निषेधाज्ञा जारी गरिएको छ । आजबात उक्त निषेधाज्ञामा थप कडाइ गरिने भएको छ ।
तर, अत्यावश्यक सेवाका लागि भने पास नचाहिने भएको छ । निषेधाज्ञाको पहिलो दिन निकै चहलपहल देखिएकाले आजबाट थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञामा कडाइ गरिने भए पनि आज अत्यावश्यक सेवाका लागि भने पास नचाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी तोकिएका सेवाका लागि पास नचाहिने जनाएको हो ।
सूचनामा निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने–आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने उल्लेख छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको थियो । अत्यावश्यक काम नहुँदा पनि पास लिने क्रम बढेकाले यस्तो व्यवस्था गरिएको जनाएको छ । अब जिल्ला प्रशासन कार्यालयबाट पास जारी नहुने भएको छ ।
प्रतिक्रिया