आजबाट निष्काशनमा आयो सीईडीबी हाइड्रोको आईपीओ, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) आजबाट निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरिएको हो । 

आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ । 

लगानीकर्ताहरुले उक्त आईपीओमा निष्काशन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओ सर्वसाधारणमा निष्काशन गर्न बिक्री प्रबन्धकको काम  सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया