आजबाट काठमाडौं उपत्यकामा थप कडा

५ बर्ष अगाडि

काठमाडौं - हिजोबाट लागू भएको उपत्यकाको निषेधाज्ञा दोस्रो दिन आजदेखि थप कडा गर्ने प्रशासनले तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाए पनि शुक्रबारदेखि थप प्रभावकारी बनाउन लागेको हो ।

निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केही भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाए पनि नियमानुसार पास नभएका थुप्रै निजी तथा यात्रुबाहक सावरी साधनहरू चेकमा परेका थिए ।

उपत्यकाभित्रका ती सवारी साधनहरूलाई सडकमै होल्ड गरिएको थियो । तर प्रहरीले राजमार्गमा होल्डमा परेका यात्रुहरूलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुर्याइसकिएको बताइएको छ । 

त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै उनले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउन नपर्ने पनि बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया