मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनामा भित्रिए विदेशी लगानीकर्ता

४ बर्ष अगाडि

काठमाडौं- बुटवल पावर कम्पनीले मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्न विदेशी लगानीकर्ता भित्र्याएको छ ।

 विदेशी लगानीकर्ता भित्र्याएसँगै मनाङ मस्र्याङ्दीमा बुटवल पावरको स्वामित्व २२.४०प्रतिशत रहने भएको हो ।  
 
यस्तै, हाल प्रक्रियामा रहेको वित्तीय व्यवस्थापनको कार्य छिट्टै सम्पन्न गरी निर्माण कार्य सुरु गरिने भएको छ । साथै, सन् २०२५ को मार्च महिनाभित्र निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बुटवल पावरले जानकारी गराएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया