तिन दिनमा एनआईबिएल समृद्धि फण्डका सम्पुर्ण इकाई बिक्री, ५६ हजार भन्दा बढीको आवेदन !

५ बर्ष अगाडि

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्डको सम्पुर्ण इकाई बिक्री भएको  छ । 

क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ । 

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । 
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । 

इकाई खरीदका लागि आवेदन दिने आज मिति २०७८÷०१÷१६ गते अन्तिम दिन रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया