कारोबारको अन्तिम दिन २५.८२ अंक बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-कारोबारको अन्तिम दिन बिहीवार नेप्से परिसूचक २५.८२ अंक बढेर २६११.१० विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यो दिन नेप्से परिसुचक  २५९८ विन्दुसम्म झरेको थियो ।

आज ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर कारोबार भएको छ । २१७ ओटा कम्पनीको ५० हजार ६७३  कित्ता शेयर किन बेच भएको थियो । 

आज एनसीसी बैंकले सार्वधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।

उक्त कम्पनीको  रू. ३० करोड ९६ लाख ९४ हजार बराबरको शेयर कारोबर भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो दिन एनसीसी बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू। ३५२ कायम भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया