काठमाडौं - विपत व्यवस्थापन केन्द्र झापाको बैठकले नेपालसँग जोडिएको सिमाना काँकडभिट्टा नाकाबाट छिमेकी मुलुकका नागरिकले मात्र आगमन गर्न पाउने निर्णय गरेको छ । यस बाहेक अन्य देशका नागरिकलाई उक्त नाकाबाट हुने आवागमनमा स्थगित गरेको हो ।
यसैगरी नेपाल भारत स्थलगत सीमा नाका काँकडभिट्टा नजिकै काँकडभिट्टा मावि अगाडि रहेको खाली चौरमा कम्तीमा १ हजार क्षमताको बहु उपयोगी अर्ध स्थायी प्रकृतिको होल्डिङ सेन्टर तत्कालै निर्माण गर्न नेपाली सेना नयाँ श्रीनाथ गण चारआली ब्यारेकलाई अनुरोध गरिने भएको छ ।
कोभिड-१९ को कारण देखाई दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामाग्रीहरूको बजारमा कृतम अभाव सृजना गर्ने, कालो बजारी गर्ने, मूल्य बृद्धि गर्ने र म्याद सकिएका खाध्य बस्तुको रिलेबलिङ गर्ने जस्ता कानून विपरितका कार्य हुन नदिन बजार अनुगमनलाई तिव्रता दिइने भएको छ ।
प्रतिक्रिया