काठमाडौं- कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तीन घण्टासम्म आइपुग्दाँ २२.६३ अंकले उकालो लागेको छ ।
कारोबारको ३ घण्टामा परिसुचक ०.८३ प्रतिशतले बढेर २६०७.९१ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमुहध्ये म्युच्अल फण्ड ओरालो लागेको छ भने बाँकी ११ उपसमुह बढेका छन ।
यस्तै, सोही अवधीसम्म कारोबारमा आएका २१४ कम्पनीको ५८ लाख ५१ हजार १९९ कित्ता शेयर ३० हजार १६७ पटक किन बेच हुदाँ २ अर्ब ५५ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया