प्रडेन्सियल इन्स्योरेन्सको लाभाशं सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- प्रडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश आज (बिहीवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको शेयर संरचना संस्थापकतर्फको ६० प्रतिशत छ भने सर्वसाधारण तर्फको ४० प्रतिशत रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया