भोलीबाट साधारण शेयर निष्काशन गर्दै सीइडीबी हाइड्रोपावर, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलीबाट प्रतिकित्ता १०० रुपैंया अंकित दरमा २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।

सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीले लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन गरिरहेको छ । साधारण शेयर निष्काशन गर्नु पहिले नै कम्पनीले देशव्यापी अभियान मार्फत ठुलो संख्यामा अग्राधिकार शेयर समेत बिक्री गरिसकेको छ ।

कम्पनीले सन् २००९ मा स्थापना गरेको सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्षमा प्रति शेयर आम्दानी १३ रुपैंया ५ पैसा कायम गरेको छ । प्रति शेयर खुद सम्पत्ति १३८ रुपैंया ७९ पैसा रहेको कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गरिसकेको छ । कम्पनीले आगामी आर्थिक वर्षमा पनि लाभांश प्रदान गर्ने प्रक्षेपण गरेको छ ।

साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया