उपत्यकाभित्रको सडकमा ३२ सय प्रहरी, ४११ सवारीलाई कारबाही

५ बर्ष अगाडि

काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले आजबाट काठमाडौं उपत्यकामा  निषेधाज्ञा जारी गरेको छ ।  निषेधाज्ञालाई कार्यान्वयन गराउन धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

विभिन्न स्थानमा ट्राफिक चेकिङ समेत राखिएको छ । बिहान १० बजेसम्म खाद्यान्नका पसलहरू सञ्चालन गर्न दिइएको थियो । जसले गर्दा बिहान मानिसको चहलपहल केही देखियो । सुरक्षाकर्मीले पनि खाद्यान्न किन्नका लागि केही सहजीकरण गरेको थियो । तर, १० बजेपछि भने प्रहरी कडा रुपमा उत्रिएको छ ।

सरकारी कार्यालय, बैंक वित्तीय संस्था लगायतका कार्यालय जान निस्किएका कर्मचारीका कारण पनि बिहान ९ देखि १० बजेसम्म सडकमा बाक्लै सङ्ख्यामा सबारीसाधन देखिएका थिए । तर, अहिले भने प्रहरीले कडाइका साथ चेकिङ थालेको छ ।

अहिले काठमाडौं उपत्यकाभित्र ३२ सय प्रहरी खटाइएको छ । आज बिहानसम्म ट्राफिक प्रहरीले ४११ वटा सवारी सधानलाई नियन्त्रणमा लिएको छ । जसमा ३ सय २० वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया