कञ्चनपुर – जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्रनै तलब भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मूख हुँन थाले पछि चौतर्फी आलोचित हुँन थालिरहेको अवस्थामा कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रताप बहादुर चन्दले भने सुविधामा दिएको मोटरसाईकल लिन अस्वीकार गरेका छन् । चन्द तत्कालिन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुँन ।
गत आ.ब. २०७५÷७६ को नगरसभाले ११ वटै वडा अध्यक्षलाई मोटरसाईकल खरिद गर्न भनी ३५ लाख विनियोजन गरेको थियो । उक्त रकम लगभग एउटा पुरै वडाको विकास बजेट जतिकै भएको हुदा जनप्रतिनिधि सुविधाभोगी हुनु नहुने भन्दै नगरसभामा आपत्ति जनाएका थिए ।
विनियोजित कार्यक्रम अनुसार नगरपालिकाले दशैंको अवसर यमाहाको एस.जेड. आर. १५० सि.सि. मोटरसाईकल खरिद गरि वडा अध्यक्षहरुलाई वितरण गरेको थियो ।
तर वडा अध्यक्षले भने मोटरसाईकल नलिई आफ्नो वडामा पानी फिल्टर वितरण गर्ने योजना बनाएका छन् । आफ्नो वडाको भकुण्डा भन्ने गाउँको २३ घरधुरीको धारामा अत्याधिक आरसेनिक भेटिएको र बर्षौं देखि स्थानीयवासी त्यहि दुषित र जोखिमयुक्त पानी पिउन बाध्य भएका कारण आफुले यो योजना बनाएको वडा अध्यक्ष चन्द बताउछन् ।
संविधान कार्यान्वयन गर्ने पहिलो निकाय भनेकै स्थानीय तह हो । नागरीकको बाँच्न पाउने अधिकारलाई सुनिश्चत गर्न मोटरसाईल बराबर मूल्यको उक्त बस्तीमा ‘बायो स्याण्ड फिल्टर’ वितरण गर्ने चन्दले बताए । त्यसै गरि ‘तराईको ४२–४३ डिग्री गर्मीमा लेबरी मजदुरी गरि छाक काटेर संकलन भएको करबाट मोटरसाईकल चढ्नु भनेको गरिब नगरवासीको ढाडमा चढ्नु हो ।’ चन्दले बताउछन् ।
यस क्षेत्रमा बसोबास भएको ४८ बर्ष बन्दा बढि भए पनि अहिले आएर फिल्टर पाए पछि आफुहरुले शुद्ध पानी खान पाउने भएकोमा स्थानीयबासी हर्षित भएको छन । वडा अध्यक्ष चन्दको यो कमदको भने चौतर्फी प्रशंसा हुँन थालेको छ ।
प्रतिक्रिया