भोली देखी निषेधाज्ञामा कडाइ, उल्लंघन गर्नेलाई कानूनी कारवाही गरीने

५ बर्ष अगाडि

दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोक्न भन्दै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाले जारी गरेको निषेधाज्ञा आज बिहानबाट लागू भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप १० जिल्ला दुई सयभन्दा बढी सङ्क्रमित छन् ।

यस्तै गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने  भएको छ ।
विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ गर्ने मन्त्रालयले जनाएको छ  ।

निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाही गरीने समेत मन्त्रालयले बताएको छ ।

नेपाल प्रहरीका अनुसार हाल १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । सङ्क्रमणको दर निषेधाज्ञाको कत्तिको प्रभावकारी कार्यान्वयन हुन्छ भन्ने कुरामा निर्भर गर्ने जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञहरूले बताएका छन् ।

स्थानीय प्रशासनहरूले शुरुमा एक साताका लागि निषेधाज्ञा जारी गरिए पनि फेरि थपिने स्पष्ट सङ्केत दिएका छन् । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललिलकुमार बस्नेतले एकैचोटि १५ दिनका लागि निषेधाज्ञा जारी गर्दा नागरिक प्यानिक हुने अवस्था आउनसक्ने भएकोले शुरुमा सात दिनका लागि गरिएको जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया