निषेधाज्ञा जारी हुने भएपछि दुई लाख बढिले छाडे काठमाडौं, नागढुङ्गामा जाम

५ बर्ष अगाडि

काठमाडौं - आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । दुई दिनअघि  नै निषेधाज्ञा घोषणा भएपछि धेरैले काठमाडौं उपत्यका छाडेका छन् ।

मंगलबार र बुधबारसम्म कम्तीमा पनि दुई लाखले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उपत्यकाबाट निस्किने सवारीसाधन बढेपछि बिहीबार बिहानसम्म पनि नागढुङ्गामा जाम छ । जाम हटाउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईसमेत खटिएका छन् ।

केही सवारीसाधन पनि बिग्रिएका कारणले जाम भएको उनले बताए । नागढुङ्गामा भएको जाम एक घन्टामा हट्ने उनले बताए । त्यसैगरी, काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्न ठाउँठाउँमा ट्राफिक प्रहरी तथा प्रहरी खटिएका छन् ।

उपत्यकामा महाशाखाबाट १४ सय प्रहरी चेकिङका लागि खटाइएको बताइएको छ । अनावश्यक बाहिर निस्किएका दुई सय बढी सवारीसाधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । 

त्यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्डमा राख्ने गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया