आईपिएल: चेन्नई अंक तालिकाको शीर्ष स्थानमा, आज दुई खेल हुने !

४ बर्ष अगाडि

इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्ग्सले जित हाासील गरेको छ ।  चेन्नईले बुधबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । 

टस जितेर ब्याटिङ रोजेको  हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो ।

तर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७५ र फाफ डुप्लेसिसले ५६ रन बनाए ।

जारी सिजनमा हैदरावादको यो पाँचौं पराजय हो । ६ वटा खेल खेलिसकेको उसले जम्मा एक जितमात्र हासिल गरेको छ । प्रतियोगितामा सामेल ८ टिममध्ये हैदरावाद पुछारमा छ । चेन्नईले भने ६ वटा खेल खेलिसक्दा पाँचौं जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

यस्तै आईपिएल अन्तरगर्त आज दुई खेल हुदैछन् । पहिलो खेल मुंबई इन्डियन्स र राजस्थान रॉयल्स दिउँसो ३ः१५मा भिड्ने छन् भने साँझ ७ः४५ मा दिल्ली कैपिटल्स र  कोलकाता नाइट राइडर्स बिच प्रतिश्पर्धा हुदैछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया