सरकारले अक्सिजनलगायत मालबस्तुमा कर छुट दिने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना माहामारीलाई मध्यनजर गर्दै जीवनदायक अक्सिजनलगायत मालबस्तुमा कर छुट दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले अर्थ मन्त्रालयको प्रस्तावमा जीवनदायक अक्सिजनलगायत मालबस्तुमा कर छुट दिने निर्णय गरिएको बताएका छन् । बैठकले नागरिक लगानी कोषको चुक्ता पूँजी वृद्धि गरी रु तीन अर्ब २७ करोड कायम गर्न स्वीकृति दिने निर्णय गरेको छ । मातृ शिशु स्वास्थ्य सेवा सुधार विकास कार्यक्रमसम्बन्धी क्षेत्रमा उपयोग गर्नका लागि जर्मन सरकारबाट प्राप्त हुने १३ दशमलव आठ मिलियन युरो वित्तीय अनुदान सहायता स्वीकार गरी वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थ सचिव वा सहसचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखालाई अख्तियारी प्रदान गर्ने निर्णय गरिएको छ ।
समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखा हेर्ने सहसचिव र प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक सचिवालयको प्रहरी नायब महानिरीक्षक तोक्ने निर्णय गरिएको प्रबक्ता गुरुङले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रतिक्रिया