काठमाडौं – कहिले सुस्ताउने तथा कहिले जाग्ने भन्दै कहिले आलोचना त कहिले ताली पाउने संस्थाको रुपमा परिचित नेपाल विद्युत् प्राधिकरणले पछिल्लो दिनमा धमाधम काठमाडौं उपत्यका भित्रैका ग्राहकको विद्युत्को लाइन काटी महसुल उठाउन थालेको छ ।
प्राधिकरणले पछिल्ला केही दिनमा १३ वटा कम्पनी वा संसथाका लाइन काटेको थियो । आइतबार अबेरसम्म ९ वटा कम्पनीले बक्यौता बुझाएका छन् । उनीहरुबाट ५१ लाख २४ हजार १५ रुपैयाँ बराबरको बक्यौता उठाइएको हो ।
विगत ५ महिनादेखि बक्यौता रकम असुल हुन नसकेको र पटक पटक बक्यौता रकम तिर्न आग्रह गरेपनि अटेर गर्दै आएका संस्थाको लाइन काटेपछि उनीहरु धमाधम बक्यौता रकम तिर्न लागेका हुन् ।
प्राधिकरणको पुलचोक वितरण केन्द्रकाअनुसार बक्यौता नतिर्ने कमप्नी, संस्था वा घरायसी ग्राहकको पनि पनि अब धामाधम लाइन काटिन्छ । लाइन काटिएका मध्ये थप ४ कम्पनीले आइतबारसम्म बक्यौता बुझाउन अटेर गरेका छन् । उनीहरुले अझै अटेर गरे थप कारवाही गरिन ेर कालोसूचीमा राख्ने तयारी प्राधिकरणले गरेको छ ।
बक्यौता रकम तिर्न अटेरी गर्ने उमी समूहले २ लाख ६५ हजार ८९ बक्यौता तिरेको छ । यस्तै आर एण्ड आर होटल एण्ड रिसोर्टले २० लाख ५३ हजार, मेघा अस्पतालले २ लाख ५ हजार ५ सय, बुङमती इँटा उद्योगले पनि १० लाख बक्यौता बुझाएको छ ।
प्राधिकरणको ग्राहक सेवा निर्देशनालयकाअनुसार समा प्रिनिसा प्रालिले ११ लाख ८० हजार २ सय ८०, कलर वर्क प्रिन्टिङले ४१ हजार २६०, जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले ३ लाख १५ हजार, मग्न म्याक्स प्रालिले ५३ हजार ७५ र श्यामलाल श्रेष्ठले १० हजार ८ सय ११ बक्यौता बुझाएका छन् । बक्यौता रकम बुझाएपछि यी कम्पनीको काटिएको लाइन आइतबार अबेर जोडिएको हो ।
यस्तै ललितपुर उपमहानगरपालिका, साझा प्रकाशन, जयबुद्ध एग्रिगेट र नाङ्लो रेष्टुरेन्ट एन्ड गार्डेनले अझै बक्यौता रकम बुझाएका छैनन् ।
लाइन काटिने कम्पनीले ३० देखि १ हजार केभिएसम्मको लोड प्रयोग गर्दै आएका छन् । सबैभन्दा बढी आर एण्ड आर होटल एण्ड रिसोर्ट (१ हजार केभिए), ललितपुर महानगरपालिका (६१६ केभिए) समा प्रिनिसा (८ सय केभिए) बराबरको विद्युत् प्रयोग गर्दै आएका थिए ।
देशभर नै करिब २ अर्ब बढीको बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार लाइन काटिनेमा जलस्रोत अनुसन्धान तथा विकास केन्द्र (पुरानो जल उत्पन्न प्रकोप विभाग), ललितपुर महानगरपालिका, साझा प्रकाशन, जयबुद्ध एग्रिगेट, मग्न म्याक्स प्रालि, बुङमति इँटा उद्योग, आर एन्ड आर होटेल एन्ड रिसोर्ट, समा प्रिनिसा प्रालि रहेका छन् ।
यस्तै मेघा अस्पताल, कलर वर्क प्रिन्टिङ, नाङलो रेस्टुरेन्ट एन्ड गार्डेन, उमी समूह र फर्मा प्याक प्रालि छन् । महसुल नतिर्ने कम्पनीहरूले ३० केभिएदेखि १००० केभिएसम्मको लोड प्रयोग गर्दै आएका छन् । बढी लोड खपत गर्नेमा ललितपुर महानगरपालिका (६१६ केभिए), समा प्रिनिसा (८०० केभिए), आर एन्ड आर होटेल (१००० केभिए) र मेघा अस्पतालले १०० केभिए लोड खपत गर्दै आएका छन् ।
जलस्रोत अनुसन्धान केन्द्रले भने ५ महिनादेखि बक्यौता तिरेका छैनन् । केन्द्रले २ लाख ९६ हजार ३ सय २३ रुपैयाँ बक्यौता तिर्नुपर्ने छ । उसले बक्यौतासँगै ५९ हजार ५ सय २१ रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने हुन्छ । यसैगरी, साझा प्रकाशनले ४ महिनादेखि महसुल नबुझाएपछि लाइन काटिएको छ । सबै ग्राहकले बक्यौता रकम र जरिवाना तिरेपछि मात्र विद्युत सुचारु हुने छ ।
प्रतिक्रिया