काठमाडौ- साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आँउदा १३.७९ अंकले ओरोलो लागेको छ ।
आज २५९९.०७ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम समयसम्म आउँदा ०.५३ प्रतिशतले ओरालो लागेर २५८५.२८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यस्तै, सेन्सेटिभ परिसुचक २.१६ अंकले ओरालो लाग्दै ४६५.११ को बिन्दुमा पुगेको छ ।
कारोबारका १३ उपसमुह मध्ये ३ उपसमुह बढेका छन् भने बाँकी १० उपसमुह ओरालो लागेका हुन् ।
यस्तै, अन्तिम समयसम्म कारोबारमा आएका २१५ कम्पनीको ८९ लाख ६५ हजार ५८८ कित्ता शेयर ४६ हजार ९५९ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ९९ करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २८ करोड २८ लाख ९३ हजार रुपैंया बराबरको कारोबार गदै उच्च स्थानमा रहेको छ भने अपर तामाकोशी हाइड्रोपावरले १९ करोड ९० लाख रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया