काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले तीन मन्त्रीसहित एक राज्यमन्त्री बनाउन लागेका हुन् ।
स्रोतका अनुसार केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुको सपथ आज ४ बजे हुने बताइएको छ ।
प्रतिक्रिया