काठमाडौं- कारोबार खुलेको पहिलो दिननै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिशेयर ३३० रुपैयाँ पुगेको हो ।
नेप्सेले दिएको ओपनिङ्ग रेन्जको आधारमा कम्पनी शेयर ३०० रुपैयाँबाट कारोबार खुलेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । तर बिक्रीकर्ता भने शून्य रहेको छ ।
प्रतिक्रिया