तेस्रो घण्टा : दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम कति ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ दोहोरो अंकले ओरालो लागेको छ ।

कारोबारको तीन घण्टा बित्दाँ परिसुचक १५.७४ अंक अर्थात ०.६१ अंकले ओरालो लागेर २५८३.३३ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ उपसमुह मध्ये व्यापार समुह,उत्पादक समुह र अन्य समुह बढेका छन् भने बाँकी १० उपसमुह ओरालो लागेका छन् । 

यस्तै, कारोबारमा आएका २१३ कम्पनीको ६३ लाख १२ हजार ३५७ कित्ता शेयर ३४ हजार १३८ पटक खरिद बिक्री हुदाँ २ अर्ब ८९ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया