कारोबारको दोस्रो घण्टा : नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आँउदा सामान्य अंकले बढेको छ ।
 
कारोबारको दोस्रो घण्टामा नेप्से परिसुचक ४.२२ अंकले बढेर २६०३.३० को बिन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसुचक १.०२ अंकले बढेर ४६८.३० को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ उपसमुहमध्ये ६ उपसमुह ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह बढेका छन् ।

सोही अवधीसम्म कारोबारमा आएका २०७ कम्पनीको ४३ लाख ३२ हजार १४१ कित्ता शेयर २४ हजार ६११ पटक खरिद बिक्री हुदाँ २ अर्ब ६ करोड ४७ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया