काठमाडौं- साताको चौथो दिन (बुधबार) कारोबारको पहिलो दिन घण्टा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ ।
कारोबारको पहिलो घण्टामा परिसुचक १८.३८ अकंले बढेर २६१७.४५ को बिन्दुमा पुगेको छ । आज परिसुचक २५९९.०७ अंकबाट सुरु भएर १२ बजेसम्म ०.७१ अंकले बढेको छ ।
यस्तै कारोबारमा आएका १३ उपसमुह मध्ये २ उपसमुह ओरालो लागेका छन् भने ११ उपसमुह घटेका छन् ।
सोही अवधीसम्म कारोबारमा आएका १९९ कम्पनीको २३ लाख ४९ हजार ५२९ कित्ता शेयर १२ हजार ३३१ पटक खरिद बिक्री हुदाँ १ अर्ब १ करोड ७१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया