निषेधाज्ञाको प्रभाव : २ दिनमा २६ हजार २ यस ५८ जनाले गरे आन्तरिक हवाई यात्रा, आज कति ?

५ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि भन्दै बिहीबारबाट काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा जारी हुँदै छ । निषेधाज्ञा जारी हुने भएपछि काठमाडौं छोड्न र कामका लागि काठमाडौं आउने हवाई यात्रुको सङ्ख्यामा वृद्धि आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार मात्रै १४ हजार ७ जनाले हवाई यात्रा गरेको छन् । त्यस्तै सोमबार १ सय २५ उडानमार्फत १२ हजार २ सय ५१ यात्रुले हवाई आन्तरिक हवाई यात्रा गरेका थिए ।

उक्त दुई दिनमा २६ हजार २ यस ५८ जनाले हवाई यात्रा गरेको छन् । कार्यालयका अनुसार आन्तरिक हवाई उडानतर्फ यो अहिलेसम्मकै धेरै यात्रु हो । यसैगरी बुधबारका लागि आन्तरिक उडानतर्फ १ सय ४७ उडान तय भएको विमानस्थल कार्यालयले जनाएको छ । 

बिहीबारबाट भने बुकिङ घटेको एयरलाइन्स कम्पनीहरूले जानकारी दिएका छन् । निषेधाज्ञा जारी भएपछि यात्रु स्वतः घट्ने विमानस्थलको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया