सिंगटी हाइड्रोको आइपीओ आजबाट दोस्रो बजारमा

४ बर्ष अगाडि

काठमाडौं - सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर (आइपीओ) आजबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।  कम्पनीको शेयर मंगलबार धितोपत्र दोस्रो बजारमा सूचीकृत भएसँगै बुधबारदेखि कारोबारमा आउने भएको हो ।

कम्पनीको संस्थापक तर्फको १ करोड १ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २९ लाख कित्ता गरी कुल १ करोड ४५ लाख कित्ता शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको हो । नेप्सेले कम्पनीको शेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्मको रेञ्ज तोकेको छ । 

कम्पनीले चैत ६ गते देखि १० गतेसम्म कुल २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँड गरी २६ लाख ९७ हजार कित्ता शेयर चैत २७ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।

बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया