२४ घण्टामा काठमाडौंमा मात्र १६ हजार बढीमा कोरोना पुष्टि, १८ जनाको मृत्यु

५ बर्ष अगाडि

नेपालमा पछिल्लो  २४ घण्टामा ४५ सय बढीमा कोरोना  संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।  

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। 

बितेको २४ घण्टामा काठमाडौंमा मात्रै १६०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा पनि ५१५ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ३८३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दाङमा २३० जनामा संक्रमण पुष्टि भएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया