कोरोना संक्रमण तिब्र गतीमा बढ्न थालेपछी दाङमा लकडाउन हुने भएको छ ।
मंगलबार बसेको जिल्ला संकट व्यस्थापन केन्द्र (डीसीएमसी)को बैठकले वैशाख १७ देखि २५ गते साँझ ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
यस्तै पर्सामा पनि आगामी बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । मंगलबार बसेको डीसीसीएमसीको बैठकले आगामी बिहीबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
पर्सामा ‘वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा हुनेछ ।
प्रतिक्रिया