काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ९२ अंकले उकालो लागेको छ । मंगलबार परिसुचक एकैदिन साढे ३ प्रतिशत भन्दा धेरैले बढेको हो।
आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १४.४८ अंकले बढेर ४६७ विन्दुमा पुगेको छ।
मंगलबार ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१० कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १० वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ।
मंगलबार अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९६ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ९.८९ प्रतिशत, समिट लघुवित्तको ९.७५ प्रतिशत र मल्टिपर्पस फाइनान्सको ९.६४ प्रतिशतले बढेको छ।
मंगलबार अपर तामाकोशीको सबैभन्दा धेरै २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २१ करोड १६ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनीको १४ करोड ५१ लाख रुपैयाँ नविल बैंकको १३ करोड ५२ लाख रुपैयाँ र छिमेक लघुवित्तको १३ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ६.४८ प्रतिशतले बढेको छ।
प्रतिक्रिया