काठमाडौं- कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा ११ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।
कारोबारको अन्तिम समयसम्म आउँदा अपर तामाकोशीको शेयर मुल्य १० प्रतिशत बढेको छ ।
यस्तै अन्य १० कम्पनीको शेयरमुल्यमा ९ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।
विशाल बजार,महिला लघुवित्त,युनाइटेड इन्स्योरेन्स,सुमित लघुपवित्त,मल्टिप्रपोज फाइनान्स,ग्लोबल आइएमी लिमिटेड,अरुण भ्याली,छ्याङदी हाइड्रोपावर,उन्नति सहकार्य लघुवित्त र युनाइटेड आईडीआई मर्दी आरबि को शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।
प्रतिक्रिया