सिंगटी हाइड्रोको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

५ बर्ष अगाडि

काठमाडौं - मंगलवार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । 

कम्पनीले संस्थापकतर्फको १ करोड १ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २९ लाख कित्ता गरी कुल १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत गराएको हो । 

नेप्सेले कम्पनीको शेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १०० देखि रू.३०० सम्मको मूल्य रेञ्ज तोकेको छ । बुधवारदेखि कम्पनीको शेयर कारोबार शुरु हुनेछ । 

कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । 

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका वासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म र सर्वसाधारणका लागि गत चैत ६ गतेदेखि १० गतेसम्म शेयर विक्री गरेको थियो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई चैत २७ गते आईपीओ बाँडफाँट गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया