एनआईबिएल समृद्धि फण्डको इकाई पहिलो दिनमै ५४ प्रतिशत बिक्री

५ बर्ष अगाडि

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्डको पहिलो दिनमा उत्साहप्रद रुपमा आवेदन परेको छ । इकाई खरिदको लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन परीसकेको क्यापिटलले जनाएको छ । 

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । 

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । 
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७८÷०१÷१६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया