४८.७२ अंकले बढ्दै २५५५.३४ को बिन्दुमा नेप्से, कारोबार रकम कति ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा ४८.७२ अंकले बढेर २५५५.३४ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे २५०६.६२ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टा १.९४ प्रतिशतले बढेको हो ।

कारोबारको सो अवधीसम्म कारोबारका १३ उपसमुह मध्ये सबै उपसमुहमा हरियाली छाएको छ । 

यस्तै, १२ बजेसम्म कारोबारमा आएका २०५ कम्पनीको २२ लाख २ हजार १४२ कित्ता शेयर १७ हजार ६७ पटक खरिद बिक्री हुदाँ १ अर्ब २२ करोड ९७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया