काठमाडौं - सत्तारुढ नेकपा (एमाले) को आन्तरिक विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल लगायतले दायर गरेको रिटमा सुनवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ संघीय सांसदलाई स्पष्टीकरण मागेपछि वरिष्ठ नेता नेपाल लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
रिट निवेदकको माग अनुसार अग्राधिकार दिइएको आदेशमा उल्लेख छ । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
प्रतिक्रिया