फ्लोर क्रस गर्ने ४ सांसद पद पदमुक्त, पार्टीको साधारण सदस्य समेत नरहने

४ बर्ष अगाडि

काठमाडौं - एमालेको निर्देशन विपरीत (फ्लोर क्रस) गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमाले कर्णाली प्रदेशसभाका चार जना सांसदको सांसद पद गएको छ । 

प्रदेशसभाको सोमबार बसेको सातौँ अधिवेशनको दोस्रो बैठकबाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित अमरबहादुर थापा, कालिकोट निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित कुर्मराज शाही, डोल्पा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित नन्दसिंह बुढा र सल्यानको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रकाश ज्वालाको पद आजबाटै रिक्त भएको हो ।

माओवादी नेतृत्वका मुख्यमन्त्री शाहीलाई मतदान गरेको भन्दै एमालेले पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । यसअघि वैशाख १२ गते एमाले संसदीय दलले चार सांसदले दल त्याग गरेको सूचना प्रदेशसभामा दर्ता गरेको थियो । सो पत्र सुनाउँदै सभामुख शाहीले चार सांसदको पद रिक्त रहेको बताए ।

चार जना सांसद मध्ये प्रकाश ज्वाला बाहेक अन्य तीन जना शाही नेतृत्वको सरकारका मन्त्री भइसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया