कारोबारको तेस्रो घण्टा : ३६.२३ अंकले घट्यो नेप्से परिसूचक, अपर तामाकोशीको २१ करोड ५ लाख कारोबार

५ बर्ष अगाडि

काठमाडौं - कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३६.२३ अंकले घटेर २ हजार ५३५.९६ विन्दुमा पुगेको छ । 

१.४१ प्रतिशतले घटेको बजारमा २१४ ओटा कम्पनीको रू. ४ अर्ब ४ करोड ८० लाख ६२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ७८७ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५३१ मा रू. १८ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया