कारोबारको दोस्रो घण्टा : ओरालो लागेको नेप्सेमा २ अर्ब ९९ करोड बढिको कारोबार

५ बर्ष अगाडि

काठमाडौं - कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक २१.१४ अंकले घटेर २ हजार ५५१.०५ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.८२ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०७ ओटा कम्पनीको रू. २ अर्ब ९९ करोड ८४ लाख १२ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९९ र ९.९७ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८०० मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०.६२ प्रतिशतले बढेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया